IME Life New

एनआईसी एशिया क्यापिटलले ल्यायो महा–शेयर लगानी महोत्सव योजना, ५ लाखको दुर्घटना बीमा उपलब्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलले महा–शेयर लगानी महोत्सव योजना ल्याएको छ । क्यापिटलले चार्डपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै यस्तो योजना ल्याएको हो । यस छुट योजना २०७८ साल कार्तिक मसान्तसम्म मात्र लागु हुनेछ क्यापिटलले जनाएको छ ।

यस योजना अन्तर्गत धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणहरुलाई एक मुष्ट (अल इन वान, वान फर अल) लगानी गर्न सकिने क्यापिटलले जनाएको छ । यस योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुले सेवा निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।

Esewa
Crest

एनआईसी एशिया क्यापिटलको महा–शेयर लगानी महोत्सव योजना अन्तर्गत पहिलो वर्ष निःशुल्क लगानी व्यवस्थापन सेवा उपलब्ध हुनेछ । वार्षिक तथा अर्ध वार्षिक रुपमा मुनाफा निःशुल्क निकाल्न सकिने छ ।

त्यसैगरी दोश्रो वर्ष देखि एक्जिट शुल्क नलाग्ने, एउटै परिवारका तीन जना सदस्यसम्मका लागि पहिलो वर्ष निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता खोल्ने व्यवस्था, लगानी व्यवस्थापन सेवाग्राहीहरुलाई निःशुल्क रुपमा आईपीओमा आवेदन गरिदिने सेवा उपलब्ध हुने क्यापिटलले बताएको छ ।

त्यस्तै, ३ लाख देखि ५ लाख सम्मको दुर्घटना बीमा सेवा, यस योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा, म्युचुअल फण्ड र इन्कम ग्यारेन्टेड फण्डलाई एक मुष्ट गरेर समेत सेवा प्राप्त गर्ने, एन आई सी एशिया क्यापिटलले बजारमा आउने उतार चडावलाई मध्ये नजर गर्दै लगानीमा हुने जोखिम न्यूनिकरण गर्नका लागि सिस्टमेटिक इन्भेष्टमेन्छ प्लान सेवा प्रदान गर्ने लगायतका छुटहरु प्रदान गर्ने क्यापिटलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS