IME Life New

प्रभु बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले बैंका संस्थापक शेयरधनीहरु विवेक अग्रवाल, राकेश कुमार सरावगी, सुजित श्रेष्ठ र अन्जन श्रेष्ठले शेयर विक्री गर्ने इच्छा राखी निवेदन दिएकाले उक्त शेयर विक्री गर्दा पहिलो प्राथमिकता बैंकका संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले कम्पनीले सूचना प्रकाशित गरेको हो ।

शेयरको मूल्य तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा सम्पर्क राखी शेयर खरीद गर्न बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS