काठमाडौँ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को इकाई मूल्य समायोजन भएको छ । हिजो यी फण्डको लाभा.श प्रयोजनका लागि बुक क्लोज भएसँगै नेप्सेले आज इकाई मुल्य समायोजन गरेको हो ।
समायोजन पछि नबिल इक्विटी फण्डको इकाई मूल्य ११.५४ पैसा कायम भएको छ । फण्डको अन्तिम कारोबार मूल्य १५.५४ पैसाको आधारमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।
त्यस्तै, नबिल ब्यालेन्सड फण्ड २ को इकाई मूल्य ११.०४ पैसा कायम भएको छ । फण्डको अन्तिम कारोबार मूल्य १४.५४ पैसाको आधारमा इकाई मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।