काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७ /७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र ३ दशमलव ०८७ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।