काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक शेयरधनी कर्मचारी सञ्चय कोषकोतर्फबाट सञ्चालकमा विजय कुमार श्रेष्ठ मनोनयन भएका छन् । कोषको गत भदौ ३१ गतेको निर्णय अनुसार सञ्चालकमा श्रेष्ठ मनोनयन भएका हुन् । यसभन्दा अगाडि कोषको तर्फबाट कम्पनीको सञ्चालकमा जितेन्द्र धितालरहेका थिए ।


















