IME Life New

कुमारी बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले प्राप्ति गरेको (साविकको वेष्टर्न डेभपमेण्ट बैंक, नमस्ते वित्तीय संस्था र पश्चिमाञ्चल फाइनान्स) बाट लाभांश लिन बाँकी पुराना शेयरधनीलाई यस्तो आग्रह गरेको हो ।

कम्पनीले विभिन्न साधारण सभाबाट पारित नगद लाभांश पाँच वर्ष अवधि समाप्त भएपछि पनि शेयरधनीले बुझिलिन नआएकाले कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा पठाउन लागिएकाले यस सूचना प्रकाशित भएको मितिले एक महीनाभित्र उक्त लाभांश लिन आग्रह गरेको छ ।

Esewa
Crest

केही शेयरधनीले बैंकको साधारण सभाबाट पारित भएको लाभांशको पूर्जा संकलन नगरी वा संकलन गरेर पनि नगद लाभांश पूर्जाको रकम सटही नगरेको भन्दै उक्त लाभांश रकम लिन बैंकले अनुरोध गरेको हो ।

शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंमा सम्पर्क गरी लाभांश रकम बुझिलिन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS