काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १०४ दशमलव ८८ अंकले बढेर २,८१६ दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज १८४ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज २१७ वटा कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोेपावर कम्पनीको १८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आरएमडिसी लघुवित्तको १६ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।