IME Life New

नेशनल माइक्रोफाईनान्सद्धारा बाढी पीडितलाई राहत वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाईनान्स लघुवित्त संस्था हकुइ शाखा कार्यालयले पश्चिम नवलपरासीका बाढी पीडितहरूलाई राहत वितरण गरेको छ । बाढीबाट प्रभावित भएका आफ्ना सदस्यहरूलाई राहत सामग्री वितरण गरेको हो । संस्थाले बाढी बाट प्रभावित महिला सदस्यहरूलाई लक्षित गरी उनीहरूको जिविकोपार्जनको लागी उक्त राहत सामग्री वातरण गरिएको हो ।

जिल्लाको रामग्राम, सुनवल नगरपालिका, सरावल, पाल्हीनन्दन गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिकाका संस्थाका बाढी पीडित सदस्यहरूलाई राहत वितरण गरिएको कम्पनीले जनाएको छ । राहत वितरणको क्रममा प्रतिव्यक्ति चामल २० किलो, नुन एक किलो, दाल किलो, तेल एक लिटर लगायत खाद्य सामाग्रीहरु वितरण गरिएको हो ।

Esewa
Crest

पाल्हीनन्दनमा ५ सय २६ जनालाई, रामग्राम नगरपालिकामा २ सय ९५ जना गरी आइतबार मात्रै ८ सय २१ जना सदस्यहरूलाई वितरण गरिएको र बाँकी पालिकाहरमा पनि क्रमशः वितरण गरिँदै जाने संस्थाले जनाएको छ ।

त्यसैगरी १५ सय ६० सदस्य रहेको यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना सदस्यहरूलाई लक्षित गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेकोमा केही दिन पहिले परेको अविरल वर्षाका कारण आएको बाढीमा परि प्रभावित भएका सदस्यहरूलाई राहत स्वरूप खाद्यान्न वितरण गर्न लागेको समेत संस्थाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS