IME Life New

डिप्रोक्स लघुवित्तको साधारण सभा असोज २३ गते, प्रस्तावित लाभांश पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारण सभा असोज २३ गते हुने भएको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।कम्पनीले चितवन गार्डेन रिसोर्ट, चितवनमा बिहान ११ बजे सभा गर्ने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को संचित नाफाबाट आफ३नो शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि १ दशमलव ०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभामा लघुवित्तले नाडेप लघुवित्तलाई प्राप्ति गर्ने प्रारम्भिक समझदारी भइसकेको र नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति भए पश्चात सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको साधारण शेयरधनी ‘समूह ख’ मध्येबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।त्यसकारण असोज ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS