Connect IPS
IME Life

आर्थिक वर्ष २०७७/७८ को लागि हालसम्म ५ लघुवित्तले प्रस्ताव गरे लाभांश, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७७ /७८ को मुनाफाबाट हालसम्म ५ वटा लघुवित्त वित्तीय संस्थाहरुले लाभांश प्रस्ताव गरेका छन् । हालसम्म मिर्मिरे लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय सस्था र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाधांश घोषणा गरेका हुन्

लाभांश घोषणा गरेका ५ लघुवित्त वित्तीय संस्थाहरुमध्ये सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्थाले २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी १ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

त्यस्तै, मिर्मिरे लघुवित्तले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा २० प्रतिशत नै बोनश शेयर रहेको छ । डिप्रोक्स लघुवित्तले २१ दशमलव ०५३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा २० प्रतिशत बोनश शेयर रहेको छ भने १ दशमलव ०५३ प्रतिशत नष्द लाभांश रहेको छ ।

त्यसैगरी फर्स्ट माइक्रोफाइनान्सले सबैभन्दा थोरै १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १० प्रतिशत बोनश शेयर रहेको छ भने ० दशमलव ५३ प्रतिशत नगद लाभांश रहेको छ । स्वरोजगार लघुवित्तले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको २५ प्रतिशत नै बोनश शेयर रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि र कम्पनीहरुको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले हात पार्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS