IME Life New

मन्जुश्री फाइनान्सले संचालनमा ल्यायो एकै पटक तीन नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्जुश्री फाइनान्सले एकै पटक तीन वटा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले सुनसरीको ईनरुवा, झुम्का वजार, र मोरङ्गको विराटचौक शाखा संचालनमा ल्याई कारोबार शुरु गरेको छ ।

उक्त नयाँ शाखाको उद्ध्घटन मन्जुश्री फाइनान्सका संचालक समितिका अध्यक्ष इन्दिरा पण्डित र संचालक समिति सदस्यहरुले गरेका हुन् ।

Esewa
Crest

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको मन्जुश्रीले यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज,मुर्गिया, योगिकुटि,मणिग्राम , भैरहवा, गैडाकोट, भरतपुर र पर्सावजार मा १८ वटा शाखा रहेका थिए भने अव थप ३ सहित शाखा संख्या २१ पुगेको छ।

२०७८ साल अषाढ मसान्त सम्म ९६ करोड ५३ लाख चुक्ता पूँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको मन्जुश्रीले ८.९१ अर्व निक्षेप संकलन गरि ७.९५ अर्ब कर्जा परिचालन गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS