Connect IPS
IME Life

तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८४ हजार ८९२ कित्ता र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ५ हजार ६५ कित्ता शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो । कम्पनीले भदौ २१ गतेदेखि उक्त शेयर लिलामीमा विक्री खुला गरेका थिए ।

Prabhu
Crest

नागरिक लगानी कोषको शेयरमूल्य न्यूनतम १ हजार २९४ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ५२९ रुपैयाँ र आरएमडिसी लघुवित्तको ५४१ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको शेयर खरीदका लागि न्यूनतम १०० कित्ता र आरएमडिसी लघुवित्तको शेयर खरीदका लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । अधिकतम कित्ताका लागि भने कुनै पनि हद लाग्ने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS