IME Life New

सरकारले ल्याएको स्वास्थ्य बीमामा महिलाको आकर्षण बढ्दो, थप ११ जिल्लामा कार्यक्रम विस्तार गरिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रिना खत्री
सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा महिलाको आकर्षण बढी देखिएको छ । बोर्डको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७५/७६ को पुस महिनासम्ममा उक्त स्वास्थ्य बीमा कार्यक्रममा ७ लाख ४७ हजार १ सय ९८ महिला सहभागी भएका छन् । त्यसैगरी कार्यक्रममा सहभागी हुने पुरुषको संख्या भने ६ लाख ७१ हजार २ सय ८१ रहेको छ ।
बोर्डको चालु आवको पुसमसान्तसम्मको तथ्यांक अनुसार स्वास्थ्य बीमा कार्यक्रम ३६ जिल्लामा विस्तार भएको छ । चालु आवमा भित्रमा नै अन्य ११ जिल्लामा कार्यक्रम विस्तार गर्ने योजना रहेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशराज प्राख्रेलले बताए । गत पुस महिनासम्ममा १४ लाख २३ हजार ६ सय ७२ जना कार्यक्रममा सहभागी भएका छन् । जसबाट १ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आम्दानी भएको कार्यकारी निर्देशक प्राख्रेलले बताए । त्यस्तै, बोर्डले १ अर्ब ५० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कार्यक्रममा ३ लाख १ हजार परिवार संलग्न रहेका छन् । कार्यक्रम सञ्चालित जिल्लाहरुमा बीमाको पहुँच १२ प्रतिशत पुगेको छ ।
३६ जिल्लामा पुग्यो स्वास्थ्य बीमा कार्यक्रम
कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले नेपालको ३६ जिल्लामा पुगेको छ । बोर्डले अछाम, अर्घखाची, बाग्लुङ, बैतडी, बझाङ, बाजुरा, बर्दिया, भक्तपुर, भोजपुर, चितवन, गोरखा, ईलाम, जाजरकोट, झापा, जुम्ला, कैलाली, कपिलवस्तु, कास्की, खोटाङ, मोहत्तरी,मकवानपुर, म्याग्दी, पाल्पा, पर्सा, प्युठान, रामेछाप, रौतहट, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सिन्धुली, सोलुखुम्बु, सुनसरी, सुर्खेत, तनँहु जिल्लामा कार्यक्रम विस्तार गरेको छ ।
११ जिल्लामा विस्तार गर्ने तयारी
स्वास्थ्य बीमा बोर्डले थप ११ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने तयारी गरेको छ । बोर्डले चालु आवमा नै उक्त जिल्लामा कार्यक्रम विस्तार गर्ने योजना बनाएको हो । जसमध्ये धनुषा, दार्चुला, कन्चनपुर, हुम्ला, मुगु , बाँके, स्याङजा, डोल्पा, संखुवासभा, मोरङ, सिरहा जिल्लामा पनि कार्यक्रम विस्तार गरिने बोर्डका कार्यकारी निर्देशक प्रोख्रेलले बताए ।
नयाँ जिल्लामा कार्यक्रम विस्तार गर्नु अघि पुराना जिल्लामा देखिएका समस्या समाधान गरिने बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले बताए । “ यस अघि देखिएका समस्याहरुलाई नै सम्बोधन गरेर अघि बढ्नु हाम्रो योजना रहेको छ,” उनले भने ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS