IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको मलेखु शाखाले डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको प्रधान कार्यालय बालुवाटार काठमाडौंको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङ्गको सभाहलमा जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रहरी अधिकृतहरु तथा प्रहरी जवानहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रमुख एवं प्रहरी उपरीक्षक महेन्द्र खड्काको प्रमुख आतिथ्यतामा डिजिटल बैकिङको महत्व विषयक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा मलेखु शाखाका प्रमुख गौरब काफ्लेले उक्त विषयमा बोल्दै पहिले जस्तो लामो समयसम्म लाइन बस्नु नपर्ने एटिएम मोबाइल बैकिङ्गको प्रयोगबाट धेरै समयको बचत, पारदर्शी कारोबार र न्युन जोखिम हुने कुरा बताए ।

Esewa
Crest

साथै काफ्लेले कोरोना महामारी रोकथाम एवं नियन्त्रणका लागि लकडाउन र भौतिक दुरी कायम गर्नुपर्ने भएकाले डिजिटल बैंकिङ्ग कारोबार गर्ने संख्यामा वृद्धि भएको तर अझै प्रविधि र ज्ञानको अभावले प्रभावकारिता आउन भने नसकेको बताए ।

खाता खोल्न, खातामा पैसा पठाउन, ऋण आवेदन दिन, विभिन्न महसुल भुक्तानी गर्न, रिचार्ज गर्न लगाएतका बैकिङ सेवाहरु अहिले घरमै बसेर गर्न सकिने बताए ।

हाल नेपाल राष्ट्र बैकको नीतिअनुसार क्यासलेस कारोबारमा एकैचोटी फड्कोे मार्न नसके पनि लेस क्यास अर्थात कम नगद प्रयोगतर्फ आफ्ना ग्राहकलाई आकर्षण गरी विधुतीय भुक्तानी कारोबारलाई सांग्रिला डेभलपमेन्ट बैंकले महत्वपूर्ण पाटोको रुपमा डिजिटल कारोबारलाई लिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS