Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले विद्युतिय कारोबारको सिमा बढायो, मनपरी शुल्कलाई नियन्त्रण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतिय कारोबारको सिमा बढाएको छ । विद्युतिय भुक्तानीलाई प्रोत्साहन गर्ने क्रममा कारोबारको अधिकतम सिमालाई बढाइएको हो । राष्ट्र बैंकले वालेटबाट बैंक खाता र बैंक खाताबाट वालेटमा रकमान्तर गर्ने सिमा बढाएको हो । बैंकबाट वालेटमा एक पटकमा ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिनेछ छ । यस्तो कारोबार एक दिनमा एक लाख रुपैयाँसम्म र एक महिनामा १० लाख रुपैयाँसम्म पाइनेछ । त्यस्तै वालेटबाट अन्य बैंक खातामा पनि एक पटकमा ५० हजार रुपैयाँसम्म कारोबार गर्न सकिनेछ । एक वालेटबाट अर्को वालेटमा प्रति कारोबार २५ हजार रुपैयाँसम्म कारोबार गर्न पाइनेछ । यसको सिमालाई अहिले चलाइएको छैन । तर बैंक खाताबाट वालेटमा  र वालेटबाट अन्य बैंक खातामा एक दिनमा २५ हजार रुपैयाँ मात्रै रकमान्तर गर्न पाइन्थ्यो ।

राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ जारी गर्दै संस्थागत ग्राहक र एजेन्ट बाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ ।

Prabhu
Crest

राष्ट्र बैंकले मोबाइल बैंकिङ मार्फत हुने भुक्तानीको शुल्कलाई पनि नियमन गरेको छ । बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मोबाइल बैंकिङ मार्फत विद्युतिय रकमान्तर गर्दा सेवा प्रदायकहरुले लिने शुल्कलाई वर्गिकरण गरिएको छ । अवदेखि बैंकहरुले ५० हजार रुपैयाँसम्मको कारोबारमा प्रति कारोबार अधिकतम १० रुपैयाँ मात्रै लिन पाउने छन् । त्यस्तै ५० हजार एक रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको रकमान्तरमा अधिकतम २० रुपैयाँ र एक लाख रुपैयाँ भन्दा माथिको रकमान्तरमा अधिकतम ३० रुपैयाँ मात्रै लिन पाउने छन् । यस भन्दा अगाडि बैंकहरुले मनपरी शुल्क लिदै आएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS