IME Life New

मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड सम्पन्न, सर्वाधिक माग पछि आकार बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैक नेपाल लिमिटेडले प्रवर्द्धन गरेको मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “मेगा म्युचुअल फण्ड–१” को बाँडफाँड सम्पन्न भएको छ । फण्डका लागि आवेदन दिने सम्पुर्णले इकाई प्राप्त गरेका छन् ।

रितपूर्वक प्राप्त आवेदन मध्ये १०० इकाईदेखि ३ लाख ५० हजार इकाईसम्म आवेदन माग गर्ने १ लाख ५५ हजार ८६४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिएको छ ।  ५ लाख देखि १ करोड इकाईसम्म आवेदन गर्ने ३४ जना आवेदकहरुलाई ४ लाख ३६ हजार ३३० इकाई बाँडफाँड गर्नुका साथै बाँकी रहेको २९० इकाई ३४ जना मध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथा मार्फत थप १० इकाई बाँडफाँड गरिएको छ ।

Esewa
Crest

सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप सामुहिक लगानी कोष इतिहासमा सबै भन्दा धेरै आवेदनको नयाँ कीर्तिमान कायम गर्दै १ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको थियो । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन हो ।

प्रति इकाई मूल्य १० रुपैयाँ दरको १०,००,००,००० (दस करोड) इकाई मध्ये न्यूनतम १,५०,००,००० (एक करोड पचास लाख) वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवर्द्धक मेगा बैंक नेपाल लिमिटेडको लागि सुरक्षित राखि बाँकी न्यूनतम ८,५०,००,००० (आठ करोड पचास लाख) इकाईको सार्वजनिक निष्काशन गरिएको थियो ।

मागभन्दा अधिक इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रति इकाई मूल्य १० रुपैयाँको दरले १२,५०,००,००० (बाह्र करोड पचास लाख) इकाईहरु अर्थात १,२५,००,००,००० (एक अर्ब पच्चिस करोड) बराबरको योजनाको आकार निर्धारण गरी बाँडफाँड गरिएको छ । उक्त योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१:३९ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS