काठमाडौं । रिलायन्स लाइफको सञ्चालकमा हेरफेर भएको छ । कम्पनीको संस्थापक शेयरधनी सिद्धार्थ बैंकले सुन्दर प्रसाद कंडेललाई फिर्ता बोलाएर अर्जुन भद्र खनालाई पठाएको हो । भदौ २० गतेको संचालक समितिको बैठकको निर्णय बमोजिम भदौ १५ गतेदेखि लागु हुने गरी अर्जुन भद्र खनाललाई सञ्चालको हैसियतमा प्रतिनिधित्व गर्नका लागि नियुक्त गरेको हो ।
सिद्धार्थ बैंकले सुन्दर प्रसाद कंडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिए सँगै साना तथा मौझला कर्जा विभागका प्रमुख खनाललाई सञ्चालकको हैसियतमा प्रतिनिधि पठाउने निर्णय गरेको हो ।
70fea0c9d36b09046c4a68d6152f0004