IME Life New

यूनियन लाइफद्धारा २० लाख २८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुश्मा शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीको कुश्मा शाखाले मोदि गाउपालिका वडा नम्बर १ का बीमित स्वर्गीय बिनोद मल्लको परिवारलाई २० लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो  ।

कम्पनीले मृतक परिवारकै निबास पुगेर मृतक मल्लकि श्रीमती तिलु मल्ल र उनका बाबु लोक बहादुर मल्ललाइ उक्त रकम बराबरको चेक प्रदान गरेको हो ।

Esewa
Crest

कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश उपप्रमुख  बलराम गौतमले बीमाको महत्व तथा बीमा सबैको लागि अपरिहार्य रहेको बताउँदै मानिसको जीवनमा जति बेला जे पनि हुन सक्ने हुनाले सबैले बीमा गर्नुपर्ने बताए ।

त्यस्तै, मोदि गाउँपालिका १ का वडा अध्यक्ष  गौ प्रसाद गुरुङले बीमाले आर्थिक  सुरक्षा प्रदान गर्ने र पीडित लाई थोरै भए पनि मलम पट्टि गर्ने काम गरेको भन्दै  युनियन लाइफलाइ धन्यवाद दिए ।

कार्यक्रममा मोदी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गौ प्रसाद गुरुङ यूनियन लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश उपप्रमुख बलराम गौतम , एजेन्सी म्यानेजर प्रमोद सुवेदी, एजेन्सी म्यानेजर सन्तोष मल्ल ,एजेन्सी म्यानेजर साजन मल्ल लगायत को उपस्थिति रहेको थियो

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS