IME Life New

रिलायबल नेपाल लाइफको नयाँ शाखा नवलपरासीको अरुणखोलामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो स्थापनाको चौथो बर्षको अवसर पारी अरुणखोलामा नयाँ शाखा विस्तार गरेको हो।  उक्त नयाँ शाखाको उद्धघाटन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक राजेन्द्र पौडेलले गरेका हुन् ।

कार्यक्रममा संस्थाका क्षेत्रीय प्रवन्धक पौडेलले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको छोटो अवधी मै सर्वाधिक बीमित गराउने पहिलो बीमा कम्पनी हुन सफल भएको बताउँदै रिलायबलले बीमितको दाबी रकम भुक्तानी मात्रै नभई बिरामी हुँदा औषधी उपचार खर्च समेत बेहोर्ने भएकाले रिलायबल नेपाल लाइफ बीमा कम्पनी कम्पनीहरुको भिडमा अग्रणी भुमिकामा रहेको बताए ।

Esewa
Crest

त्यस्तै, कार्यक्रममा मध्यबिन्दु नगरपालिका वडा नं १० का वडाध्यक्ष चुराबहादुर थापाले लाइफ इन्स्योरेन्सहरुको भिडमा रिलायबल नेपाल अब्बल रहेको महसुस आँफूले समेत गरेको बताउँदै नगरबासीहरुलाई जीवन बीमा गर्न आग्रह गरे ।

कार्यक्रममा मध्यबिन्दु वडा नं १२ का वडाध्यक्ष कुलबहादुर गुरुङ्ग, वडा नं १० कि वडा सदस्य दुर्गालक्ष्मी काफ्ले, रिलायबलका कावासोती शाखा प्रवन्धक शंकर खनाल, रिलायबलका एमडीआरटी रमेश किशोर लम्साल, आरएमई अभिकर्ता सुरज भण्डारी लागायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS