IME Life New

सामाजिक सुरक्षा कोषमा २७२ रोजगारदाता सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


सामाजिक सुरक्षा मंसिर ११ गते निकै तामझामका साथ सुरुवात गरियको थियो । जसअन्तर्गत रोजगार प्रदान गर्ने रोजगारदाताले सामाजिक सुरक्षा कोषमा अनिवार्य सुचिकृत हुनुपर्ने प्रावधान छ । काठमाडौमा आयोजित एक कार्यक्रम मार्फत आवेदन दिने सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

सामाजिक सुरक्षा कार्यक्रममा ६० सय २५ कम्पनीले सहभागीताको लागि आवेदन दिएका छन् । जसमध्ये २ सय ७२ आवेदन मात्रै प्रमाणीकरणमा परेका छन् । कोषमा सातै प्रदेशका रोजगारदाताबाट आवेदन आएका थिए । कोषमा पेश भएका आवेदनमध्ये प्रमाणीकरण भएकालाई कोषले पहिलो चरणमा प्रमाणपत्र वितरण गरेको हो । पछिल्लो चरणमा आउने आवेदनको प्रमाणपत्र भने कोषले विभिन्न माध्यमबाट वितरण गर्ने जनाएको छ ।

Esewa
Crest

सामाजिक सुरक्षा कार्यक्रममा सहभागीता जनाउनेमा नेपालका ठूला देखि साना व्यावसायिक एवं कम्पनीहरु पनि रहेका छन्।बीमा कम्पनी, हाईड्र«ेपावर, चौधरी गुप, गोल्छा गुप्र, आइएमई गुप्र, जगदम्बा गुप्र, अन्नपूर्ण होटल, बालाजु औद्योगिक क्षेत्रका उद्योग, सुरक्षा गार्ड आपूर्ति गर्ने कम्पनी, बैंक तथा वित्तीय संस्था, जलविद्युत कम्पनी लगायत सबै क्षेत्रका साना ठूला उद्योग सामाजिक सुरक्षा कार्यक्रममा सहभागी भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले –“अहिले १३ हजार रुपैयाँ पारिश्रमिक पाउने श्रमिकले २० बर्षपछि मासिक २० हजार रुपैयाँ पेन्सन पाउने बताएका छन्। ” रोजगारदाता मात्र नभएर स्वरोजगारलाई पनि यस कार्यक्रममा सहभागी गराउने भन्दै देशमा एकातिर चरम बेरोजगारी र अर्र्काे्तिर जनशक्तिको पनि चरम अभाव अन्त्य गर्न सामाजिक सुरक्षाकोषले सहयोग गर्ने बिष्टले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS