काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन भएको छ । फण्डको प्रस्तावित ५० प्रतिशत नगद लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।
कोषको अन्तिम इकाईमूल्य १८ रूपैयाँ १३ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १३ रूपैयाँ १३ पैसा कायम गरेको छ फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि करसमेत ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।