IME Life New

रिलायबल नेपाल लाइफले विभिन्न समाजिक कार्य गरेर मनायो चौंथो वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज विभिन्न कार्यक्रम गरेर चौथो वार्षिकोत्सव मनाएको छ । चौंथो वार्षिक उत्सवको अवसरमा कम्पनीले केन्द्रिय कार्यालय ज्ञानेश्वरमा विहान ८ बजेदेखि नेपाल रेडक्रस सोसाईटिको सहयोगमा रक्तदान कार्यक्रमको आयोजन गरेको  ।

Esewa
Crest

 

त्यस्तै जोरपाटी स्थीत नयाँ जीवन नेपालमा रहेका बौद्धिक अपाङ्खगता भएका बालबालिकालाई खाद्य्य सामाग्रीहरु वितरण गरेको छ । धनगढी, महेन्द्रनगर, अत्तरीया, वाग्लुङ्ग, दुलेगौडा, पोखरा,काठमाडौ लगायतका स्थानहरुमा खाद्य्य सामाग्रिहरु वितरण गर्नुका साथै सप्तरीको प्रशिद्ध शक्तिपिठ छिन्नमस्ता भगवति मन्दिर सरसफाई तथा तनहुँको आँवु खैरेनीमा सरसफाई सामाग्रीहरु वितरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारयण बाबु लोहनीले जानकारी दिए । कम्पनीले सुर्खेत तथा दैलेखमा निःशुल्क मास्क वितरण गरेको छ ।

‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको यस कम्पनी सञ्चालनको ४ वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमा नेपाली बीमा बजारमा ३६ लाख भन्दा वढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान राख्न सफल भएको हो । कम्पनीलाई यस स्थान सम्म पुर्याउन सहयोग गर्नु हुने बीमितहरु, नियामक निकायहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु, संस्थापक, कर्मचारी, पत्रकार, लगायत सम्पूर्ण महानुभावलाई हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS