IME Life New

बजार पूँजीकरणमा बैंक बीमाको हिस्सा ६८.९ प्रतिशत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को देशको आर्थिक तथा वित्तीय स्थिति अनुसार धितोपत्र बजारको पूँजीकरण ४० खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण रु. १७९२ अर्ब ७६ करोड रहेको थियो ।

२०७७ असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ असार मसान्तमा २८८३.४ पुगेको छ ।  २०७८ असारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

Esewa
Crest

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ६८.९ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीकोहिस्सा ८.४ प्रतिशत, लगानी कम्पनीको ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.७ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.९ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ असारसम्ममा सूचीकृत ५ अर्ब ८३ करोड शेयरको चुक्ता मूल्य ५ खर्ब ७३ अर्ब २४ करोड रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा २ खर्ब ८४ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, ४६ अर्ब ७४ करोड बराबरको बोनस शेयर, ४२ अर्ब १७ करोड बराबरको साधारण शेयर, १८ अर्ब ५५ करोड बराबरको डिबेन्चर, ६ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड र ५ अर्ब ५२ करोड बराबरको हकप्रद शेयर गरी कुल ४ खर्ब ०४ अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २३ अर्ब ४ करोड बराबरको डिबेन्चर, १५ अर्ब १८ करोड बराबरको साधारण शेयर, १४ अर्ब ५ करोड बराबरको हकप्रद शेयर र ९ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ६१ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS