IME Life New

सनराइज बैंकले विक्री गरिरहेको संस्थापक शेयरको मूल्य संशोधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकको संस्थापक शेयरको मूल्य संशोधन भएको छ । बैंकले गत साउन २२ गते सूचना जारी गर्दै विक्री खुला गरेको ५० हजार कित्ता संस्थापक शेयरको मुल्य संशोधन भएको जनाएको छ ।

बैंकले संस्थापक शेयरधनी ज्योतिकुमार बेगानीको नाममा रहेको उक्त शेयर प्रतिकित्ता १६५ उल्लेख गरी ३५ दिने सूचना जारी गरेको थियो । बेगानीले उक्त शेयरको मूल्य संशोधन गरी प्रतिकित्ता १८५ गर्न लिखित निवेदन दिएसँगै बैंकले साउन २२ गतेको ३५ दिने सूचना रद्द गरी भदौ १० गते पुनः ३५ दिने सूचना जारी गरेको जनाएको छ ।

Esewa
Crest

संशोधित मूल्यमा आगामी ३५ दिनभित्र संस्थापक शेयरधनीहरुले बैंकको प्रधान कार्यालयको रजिष्ट्री विभागमा शिलबन्दी पेश गर्नु पर्नेछ । तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा गैर संस्थापकहरुलाई उक्त शेयर विक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS