IME Life New

सूर्या लाइफद्धारा २४ लाख ९७ हजार मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बैतडीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बैतडीको पाटन नगरपालिका वडा नं ८ का मोहन सिंह ऐरको मृत्यु दाबी रकम भुक्तानी गरेको जनाएको छ ।

ऐरले २०७५ असार ३२ गते २२ लाख बीमांकको १५ वर्षे जीवन बीमा गरेकोमा २०७८ जेठ ९ गते कोरोना संक्रमणका कारण निजको मृत्यु भएकोले बीमा रकम भुक्तानी गरेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी शाखा बैतडीका कर्मचारी खगेन्द्र भट्टले जानकारी दिए ।

Esewa
Crest

मृतक ऐरकी श्रीमती द्रोपति ऐरलाई घरमै गएर बीमा दाबी बापतको २४ लाख ९७ हजारको चेक हस्तान्तण गरिएको कम्पनीले बताएको छ । मृतक ऐरले वार्षिक अग्रीम भुक्तानी जीवन बीमा योजना अन्तर्गत ३ किस्ता बापतको रकम कम्पनीमा बुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS