IME Life New

आईएमई लाइफ ४ वर्ष पुरा गरी ५ औ वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी चार वर्ष पुरा गरि ५ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ भदौ एक गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । तत्कालिन समयमा नयाँ जीवन बीमा व्यवसाय सञ्चालका लागि लाइसेन्स पाएका १० जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिलो पटक व्यवसाय शुभारम्भ गरेको आईएमई लाइफले हालसम्म एक लाख ८० हजार वटा जीवन बीमा पोलिसी बिक्री गरिसकेको छ ।

स्थापनाको छोटो समयमै कम्पनीले आफ्नो जीवन बीमा कोषमा दुई अर्ब ९७ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । हालसम्म ५ अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । आधार मूल्यमै प्राथमिक शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले प्रिमियम सहित सर्वसाधारण समुहको ६० लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।

Esewa
Crest

कम्पनीले ८५ वटा शाखा तथा क्षेत्रीय कार्यालय मार्फत जीवन बीमाको सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय सहित शाखा तथा उपशाखा मार्फत जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ । करिव ६ वटा संस्थाहरुलाई कर्पोरेट एजेन्टको रुपमा परिचालन गर्दै आइरहेको छ ।

आईएमई समुहले प्रवर्द्धन गरेको यस कम्पनीमा प्रमुख शेयरधनीहरु चन्द्र ढकाल, हेमराज ढकाल, ग्लोबल आईएमई बैंक, आइएमई लिमिटेड, हाथवे इन्भेष्टमेन्ट, एशियन डिष्ट्रिव्युटर, एक्रोस मनि ट्रान्सफर, विष्णु कुमार अग्रवाल, मिन बहादुर गुरुङ, अम्बिका प्रसाद पौडेल लगायतका छन् ।

चौथौ वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न कार्यक्रमहरु सञ्चालन गरि सम्पन्न गरेको छ । यसै अवधिमा रक्तदानदेखि लिएर सबैभन्दा धेरै बीमा शुल्क भित्र्याउने एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS