काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजारको आधारमा २० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष ०७६/७७ र ०७७/ ७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरेकाले बोनश शेयर वितरणमा कर नलाग्ने भएकाले नगद लाभांश भने प्रस्ताव नगरेको जनाएको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।