Connect IPS
IME Life

सगरमाथा इन्स्योरेन्स कम्पनीको नाफा १८ प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी ४० रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको मुनाफा १८.५८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ४५ करोड १५ लाख रुपयाँ मुनाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद मुनाफा ३८ करोड ८ लाख रुपैयाँ थियो ।

कम्पनीले खुद बीमा शुल्क आर्जन पनि २५ प्रतिशतले बढाउन सफल भएको छ त्यस्तै कुल बीमा शुल्क आर्जन भने १६ प्रतिशतले बढेको छ । सगरमाथाले एक अर्ब २३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन भने २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा दुई अर्ब २५ करोड रुपैयाँ थियो ।

Prabhu
Crest

मुनाफामा सुधार सँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ । प्रतिशेयर आम्दानी ४० रुपैयाँ रहेको छ । चुक्ता पूँजी ११ प्रतिशतले बढेर एक अर्ब ११ करोड रुपैयाँ पुगेको छ । जगेडा कोषमा ४८ करोड ५ लाख रुपैयाँ जम्मा भएको छ ।

गत वर्ष खुद दाबी भुक्तानी पनि ४२ प्रतिशतले बढेको छ । कम्पनीले ७० करोड ६३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । त्यस्तै बाँकी दाबी भुक्तानी पनि १०२ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीको कुल भुक्तानी हुन बाँकी दाबी मात्रै एक अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS