काठमाडौं । एभरेष्ट बैंक र एनएमबि बैंकले ऋणपत्र निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । एभरेष्ट बैंकले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि साउन २० गते निवेदन बोर्डमा दिएको हो ।
कम्पनीले कुल २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता व्याक्तिगत तवरबाट विक्री गर्नेछ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ८ वर्ष सम्मका लागि ऋणपत्र निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी, एनएमबि बैंकले ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि साउन २४ गते बोर्डमा निवेदन दिएको हो । जसमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने २१ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री गर्ने जानकारी गराएको छ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।