IME Life New

आइएमई लाइफद्धारा घातक रोग बापतको बीमा दाबी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनी लिमिटेडको प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयबाट घातक बीमा योजना खरिद गरेका बीमित हिमाल पौडेलाई घातक रोगको बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

उनले २०७६ माघ २९ गते कम्पनीबाट उक्त योजना लिएका थिए । बीमाङक रकम पच्च्सि लाख रुपैंया बराबरको बीमा गरेका पौडेललाई कम्पनीले घातक रोग दाबी वापतको रकम भुक्तानी गरेको जनाएको छ ।

Esewa
Crest

उनको बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएको थियो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएसंगै सो दाबी भुक्तानी गरेको हो ।

वर्तमान परिप्रेक्ष्यमा प्रतिस्पर्धि कम्पनीहरु भन्दा आफुलाई अब्बल र सवेप्रवाहदाही बनाउनु कम्पनीको मुख्य उद्देश्य रहेकोले कम्पनीले उक्त कार्य गर्नका लागि दाबी भुक्तानी प्रक्रियामा थप सहजता कायम गरी छिटो तथा प्रभावकारी ढंगबाट दाबी भुक्तानी फछ्र्यौट गर्ने लक्ष्य लिएको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए ।

दाबी भुक्तानी समयमा नै हुँदा बीमित तथा निजमा आश्रित परिवारहरुलाई बीमा वापतको लाभ समयमा उपलब्ध हुने, आर्थिक स्तरमा समेत थप सहयोग हुने र जीवन बीमा प्रति थप भरोसा रहने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS