काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको उक्त शेयरमा आज बैंकिङ समयसम्म दिन सकिनेछ ।
कम्पनीले ८० हजार ५०० कित्ता संस्थापक शेयर साउन २० गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको न्युनतम मुल्य ३ सय रुपैयाँ तोकिएको छ । त्यसकारण ईच्छुक आवेदकले न्यूनतम ३ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
आवेदकले शेयर बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतमको लागि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।