IME Life New

माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विक्री गरेको १० वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले असार ३१ गतेदेखि साउन १४ गतेसम्म विक्री गरेको कुल ३० लाख कित्ता ऋणपत्र साउन २४ गते बाँडफाँड भएको जनाएको छ ।

बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामको ऋणपत्र बाँडफाँट गरेको हो । कुल कित्तामध्ये १२ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको ६० हजार कित्ता समेत गरी सर्वसाधारणका लागि र १८ लाख कित्ता विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बाँडफाँड गरिएको हो ।

Esewa
Crest

बैंकले १२ लाख कित्ता ऋणपत्र मध्ये ५ प्रतिशत दरको ६० लाख कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत आम सर्वसाधारणमा विक्री खुला गरेको थियो भने १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई बैंक आफैले विक्री गरेको हो ।

प्रतिऋणपत्र १ हजार मूल्यको यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS