IME Life New

सहारा विकास बैंकको संयुक्त साधारणसभा आह्वान, मर्जरको प्रस्ताव पारित हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहारा विकास बैंक लिमिटेडले एकैपटक आठौँ, नवौं र दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको साउन २२ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा भदौं १२ गते शनिबार हुने भएको हो । सभा होटल कुसुम एण्ड पार्टी प्यालेस, मंगलावा, सर्लाहीमा बिहान १०ः३० बजे सुरु बैंकले जनाएको छ ।

सभाले गरिमा विकास बैंकसँग गरिमा विकास बैंकमा गाभिने प्रस्ताव पारित गर्ने, गाभ्ने गाभिने प्रयोजनको लागि डिडिए रिपोर्ट र स्वाप रेसियो पारित गर्ने, गाभ्ने गाभिने प्रयोजनको लागि यस अघि भए गरेका सबै काम कारवाही तथा सम्झौताहरु अनुमोदन गर्ने, एकिकृत कारोबार सुरु भएपछि संचालकको बाँकि कार्यकाल स्वत समाप्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका विशेष प्रस्ताव साधारणसभामा पेश हुने छन् ।

साथै, सभाले तिन वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।

सभाले संचालक समितिको प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

Page 8.indd

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS