Connect IPS
IME Life

एनआईसी एशिया लघुवित्तको नाफा २२१% ले बढ्यो, जगेडा कोषमा साढे ९३ करोड संचिती

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्ममा ५६ करोड ४७ लाख ६ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष २२१ दशमलव ४९ प्रतिशतले खुद नाफा बढाएको छ । अघिल्लो वर्ष यस अवधिमा कम्पनीले १७ करोड ५६ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा पनि अघिल्लो वर्षभन्दा २२९ दशमलव २० प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष २५ करोड ७३ लाख ५९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ८४ करोड ७२ लाख २१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

Prabhu
Crest

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रहेको छ । जगेडा कोष रकम अघिल्लो वर्षभन्दा गत वर्ष २३३ दशमलव ५६ प्रतिशतले बढी छ । समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ९३ करोड ५२ लाख ३२ हजार रुपैयाँ संचिती रहेको छ ।

कम्पनीले यस अवधिमा २ अर्ब ६७ करोड ७९ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको निक्षेप संकलन १८० दशमलव २४ प्रतिशतले बढी हो । त्यस्तै, १६ अर्ब ८९ करोड १६ लाख ६७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षभन्दा कर्जा लगानी १४० प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष शून्य दशमलव ९९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ९३ प्रतिशत रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ४६ पैसा रहेको छ । प्रतिशत नेटवर्थ १५३ रुपैयाँ ८४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS