काठमाडौं । सिद्धार्थ क्यापिटलद्धारा सञ्चालित दुई सामुहिक लगानीकोष योजनाहरुले प्रतिफल घोषणा गरेका छन् । योजना व्यवस्थापकको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले प्रतिफल घोषणा गरेको हो ।
सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई ३० प्रतिशत कर सहित प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।