IME Life New

नेपाल इन्फ्राष्ट्रक्चरको ८ अर्बले पूँजी बढ्दा पनि मुनाफा १.२६ प्रतिशतले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्दा पनि मुनाफामा १.२६ प्रतिशतले गिरावट आएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ८३ करोड ६४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ८४ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ८.३६ प्रतिशतले बढे पनि खर्च बढ्दा मुनाफामा गिरावट आएको हो । बैंकले गत वर्ष एक अर्ब ३३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब २३ करोड रुपैयाँ थियो ।

Esewa
Crest

बैंकको अन्य बैंक वित्तीय संस्थामा रहेको निक्षेप थप १०८ प्रतिशतले बढेको छ । बैंकले पूर्वाधार क्षेत्रमा लगानी गर्न नसक्दा बैंक वित्तीय संस्थामा १८ अर्ब २८ करोड रुपैयाँ निक्षेप जम्मा गरेर बसेको छ । अघिल्लो वर्षको तुलनामा कर्जा लगानी पनि २९५ प्रतिशतले बढेको छ । बैंकले विभिन्न आयोजनामा २ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ ।

गत वर्ष ८ अर्ब रुपैयाँ प्राथमिक शेयर निष्काशन गरे सँगै चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २ अर्ब ४० करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

समिक्षा अवधिमा बैंकको कर्जा लगानीमा क्रमश बृद्धि हुँदै गएको देखिन्छ । मुलुकको समग्र पूर्वाधार विकासमा लगानीको पहुँच बढाउने मुल उद्देश्यका साथ बैंकले पूँर्वाधार विकासमा अन्य बैंक तथा वित्तीय संस्थाहरुले अवलम्बन गरेको सफल अभ्यासहरु समेटी बैंकिङ गतिविधि अघि बढाउदै एवं सरोकारवालहरुसितको छलफललाई थप प्रगाढ गर्दै आफ्नो व्यवसायिक गतिविधि संचालन गरिरहेको छ । बैंक आफ्नो कार्य क्षमता विस्तार एवं सरोकारवालहरुको हित संरक्षण गर्दै जाने लक्ष्य अनुरुप अगाडि बढेको व्यवस्थाकिय विश्लेषण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS