काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिसम्म कम्पनीले ३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ८ गुणा वृद्धि भएको हो । अघिल्लो आथिृक वर्षमा कम्पनीले ४६ लाख ७६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यस अवधिसम्ममा कम्पनीको पूँजी १२ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडामामा ३ करोड ७७ लाख ३९ हजार रुपैयाँ रकम सञ्चित रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ८८ करोड ६६ लाख ७५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीले अघिल्लो आथिृक वर्षमा सम्भाति जोखिम बापतको ब्यवस्थामा ४ करोड ५१ लाख ६१ हजार छुट्याएकोमा गत आथिृक वर्ष ९४ करोड ८ लाख ५२ हजार छुट्याएको हो ।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६० पैसा रहेको छ । तरलता अनुपात ९ दशमलव १४ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ १५ पैसा रहेको छ ।