IME Life New

सिद्धार्थ बैंकका ग्राहकले अर्थोप्लास्ट रिह्याबमा २५% सम्मको छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोल स्थित अर्थोप्लास्ट रिह्याब सेन्टर प्रा। लि। बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस ( कुमारीपाटी ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हरी कुमार तामाङले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले अर्थोप्लास्ट रिह्याब सेन्टर प्रा. लि. मा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग प्रयोग गरे बापत फिजियोथेरापी सेवाका भुक्तानी शुल्कमा २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । साथै उपत्यका बाहिरका विभिन्न विस्तारित सेवा केन्द्रहरुमा पनि ग्राहकहरुले छुट प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

यी सेवामा छुट पाइने
मनकामना अस्पताल, टुम्लिङटार
चितवन फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर, चितवन
पार्कल्याण्ड अस्पताल, पोखरा
नवजिवन फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर, बुटवल
न्यूरोप्लास्ट फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर, धनगढी

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS