काठमाडौं । कुमारी इक्विटी फण्डले प्रतिफल वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । फण्डले साउन २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको जनाएको छ । त्यसकारण बुक क्लोजको अघिल्लो दिन अर्थात साउन २४ गतेसम्मका कायम शेयरधनी मात्र उक्त प्रतिफलको हकदार हुन सक्नेछन् ।
फण्डले आथिृक वर्ष २०७७/७८ को लागि इकाई धनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ ।