Connect IPS
IME Life

श्रावण २० गते बाट आउने सानिमा लाइफको आईपीओमा कति कित्ता आवेदन दिँदा ठीक?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्रावण २० गते बाट सानिमा लाइफ इन्स्योरेन्सले आफ्नो जारी पूँजी दुई अर्बमध्ये ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको प्रति शेयर रु. १०० अंकित दरका ६०,००,००० कित्ता मध्ये ३,००,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र ३,००,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४,००,००० कित्ता शेयर सर्वसाधारणमा निष्काशनगर्ने भएको छ ।

धितोपत्र निस्काशन तथा बाडँफाडँ निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई ५४ लाख कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार ५ लाख ४० हजार जना आवेदकले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन्।

Prabhu
Crest

यस अघिको आईपीओमा परेको आवेदन हेर्दा करिव २२ लाख माथि लगानीकर्ताले आवेदन दिने अनुमानलगाउन सकिन्छ । त्यसैले यस अघिको ट्रेण्ड हेर्दा सानिमा लाईफको आईपीओमा दश कित्ता आवेदन दिंदा पनि पुग्ने देखिन्छ।

आईपीओ श्रावण २० गते देखि श्रावण २४ गते सम्म खुल्ने छ । श्रावण २४ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि श्रावण २४ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा भाद्र २ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको र ६० करोड बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।

र यो पनि :

श्रावण २० गते देखि निष्काशन हुने सानिमा लाइफ इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS