IME Life

श्रावण २० गते देखि निष्काशन हुने सानिमा लाइफ इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

SPIL
NIC ASIA

काठमाडौं । श्रावण २० गते देखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी रु दुई अर्ब मध्ये ३०% अर्थात साठ्ठी करोड रकम बराबर प्रति शेयर रु.१००/- अङ्कित दरका ६०,००,००० कित्ता मध्ये ३,००,००० कित्ता अर्थात कुल निष्कासनको ५% शेयर कर्मचारीहरुलाई र ३,००,००० कित्ता अर्थात कुल निष्कासनको ५ % शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४,००,००० कित्ता शेयर सर्वसाधारणमा निष्कासन निष्काशन गर्ने भएको छ ।

आईपीओमा आवेदन दिने समय :
आईपीओ श्रावण २० गते देखि श्रावण २४ गते सम्म खुल्ने छ । श्रावण २४ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि श्रावण २४ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा भाद्र २ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।

Prabhu
Crest

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम ३०,००० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको बारेमा :
रजिष्टर्ड कार्यालय : वडा नं. १, का.म.न.पा., काठमाण्डौं, नेपाल,
कर्पोरेट कार्यालय : कमलादी, काठमाण्डौं
कम्पनीको कारोवार गर्ने मुख्य स्थान काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ०१, कमलादी, काठमाडौंमा रहेको छ ।कम्पनीले नेपाल भर ११८ शाखा र उप-शाखा मार्फत बीमा व्यवसाय गर्दै आएको छ।

कम्पनीको ईतिहास :
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४/०८/१३ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा सानिमा लाईफ ईन्स्योरेन्स लिमिटेड को नामबाट पब्लिक लिमिटेडकम्पनीको रुपमा दर्ता भई मिति २०७४/०८/२२ बाट कारोबार संचालन गर्दै आएको हो । कम्पनी ऐन, २०६३ बमोजिम बीमा ऐन, २०४९, बीमा नियमावली २०४९ तथा प्रचलित कानूनको अधीनमा रही व्यवसायमा संलग्न व्यक्ति वा संस्थाहरुको संभावित जोखिमलाई जीवन बीमाको माध्यमबाट हित र सुविधा प्रदान गर्ने तथा देशमा बीमा सेवा उपलब्ध गराई आर्थिक विकासमा सहयोग पुयाउने उद्देश्यले मिति २०६४/०८/१३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ बीमा समितिबाट मिति २०७४/०७/०५ गते बीमा व्यावसाय कारोवार गर्न इजाजत प्राप्त गरी मिति २०७४/०८/२२ गतेदेखि व्यवसायिक कारोवार संचालन गरिरहेको छ। यस कम्पनीको संस्थापकहरु वित्तीय/ बैंकिङ्ग, कानून क्षेत्र, ब्यापार व्यवसाय एवम् व्यवस्थापनमा लामो समयदेखि दखल भएका स्थानीय आबद्ध प्रतिष्ठित ब्यक्ति तथा व्यवसायीहरु रहेका छन् ।

पूँजीको अवस्था :
अधिकृत पूँजी : ३ अर्ब
जारी पूँजी : २ अर्ब
चुक्ता पूँजी: १ अर्ब ४० करोड (आईपीओ निष्काशन अघि )
चुक्ता पूँजी : २ अर्ब (आईपीओ निष्काशन पछि )

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको र ६० करोड बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।

संचालक समितिको जानकारी :
कम्पनीको अध्यक्षमा कुमार प्रसाद कोइराला रहेका छन् । त्यस्तै संचालक समिति सदस्यमा घनश्याम थापा, डा. सुवर्णदास श्रेष्ठ, बद्री विशाल घिमिरे र भरत बहादुर थापा (स्वतन्त्र संचालक) रहेका छन्।

संचालक तथा आधारभूत शेयरधनीहरुको विवरण:

व्यवस्थापक :
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया छन् । मुखियाको बीमा क्षेत्रमा २० बर्ष भन्दा बढिको अनुभव रहेको छ । सानिमा लाइफ आउनु अघि रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत मुखियाले त्यस अघि नेपाल लाइफ इन्स्योरेन्समा असिस्टेंट जनरल मेनेजरको रूपमा पनि काम गरे जहाँ उनले १० बर्ष भन्दा बढी समय बिताए । उनले अहिलेसम्म सूचना प्रविधि, प्रशासन, मानव संसाधन र मार्केटिंग विभागको नेतृत्व गरिसकेका छन्। उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर डिग्री, त्रिभुवन विश्वविद्यालयबाट विज्ञान (भौतिक) मा स्नातकोत्तर डिग्री र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर विषयमा स्नातकोत्तर डिग्री हासिल गरेका छन् । प्रमुख कार्यकारी अधिकृत मुखियाका विशेषज्ञताका केही क्षेत्रहरू रणनीतिक व्यवस्थापन, मानव संसाधन व्यवस्थापन र डिजिटल मार्केटिंग हुन्।

वित्तीय विवरण :
आर्थिक वर्ष ७५/७६ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ ९१ पैसा रहेको छ भने किताबी मूल्य १०३ रुपैयाँ १७ पैसा छ । आ.व. ७६/७७ को आषाढ मसान्तसम्मको अपरिष्कृत तर व्यवस्थापनबाट प्रमाणित वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ १० पैसा र किताबी मूल्य १०९ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रक्षेपित तथ्यांक अनुसार आर्थिक वर्ष ७७/७८ मा प्रति शेयर आम्दानी ६ रुपैयाँ ७३ पैसा र किताबी मूल्य ११६ रुपैयाँ हुन्छ । आर्थिक वर्ष ७८/७९ मा भने प्रति शेयर आम्दानी ९ रुपैयाँ ७८ पैसा र किताबी मूल्य १२१ रुपैयाँ र आर्थिक वर्ष ७९/८० मा भने प्रति शेयर आम्दानी १७ रुपैयाँ ११ पैसा र किताबी मूल्य १३९ रुपैयाँ हुने कम्पनीले प्रक्षेपण गरेको छ ।

व्यापारको प्रक्षेपण:
कम्पनीले आर्थिक वर्ष ७७/७८ मा २ अर्ब ८ करोड कुल बीमा  शुल्क आर्जन गर्ने अनुमान लगाएको छ भने आर्थिक वर्ष ७८/७९ मा ३ अर्ब ४२ करोड र आर्थिक वर्ष ७९/८० मा ५ अर्ब ५० करोड कुल बीमा शुल्क आर्जन गर्ने अनुमान लगाएको छ।

क्रेडिट रेटिङ्ग :
सानिमा लाइफलाइ नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेड, पुतलीसडक, काठमाडौंले [CARE NP] BBB-(Is)” रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत रहेको (Moderate degree of safety regarding timely servicing of financial obligations) जनाउँदछ । केयर नेपाल लिमिटेडले CARE-NP AAA देखि CARE-NP D सम्मको रेटिङ्ग प्रदान गर्दछ जसमा ग्रेड CARE-NP AAA ले बलियो आधार जनाउँछ CARE-NP D ले कमजोर आधार जनाउँछ । CARE-NP B, CARE-NP C र CARE-NP D ले औसत भन्दा कम आधार जनाउँछ दिइने आधारहरुमा प्रयोग गरिने (Plus) चिन्हले दिइएको समुहको तुलानात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

क्रेडिट रेटिङ्ग ग्रेड प्रदान गरेको मिति : २०७७/१२/०९ क्रेडिट रेटिङ्ग ग्रेड बहाल रहने मिति : २०७८/१२/०८ सम्म ।

आईपीओबाट उठेको पैसा के मा उपयोग गर्दै छ ?

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध :
प्रभु क्यापिटल लिमिटेड , कमलादी, काठमाण्डौं

प्रत्याभूतिव गर्ने सस्थाको नाम :
निष्कासन गर्न लागिएको ६०,००,००० कित्ता साधारण शेयरको लागि सिद्धार्थ क्यापिटल लिमिटेड, नक्सालबाट शतप्रतिशत प्रत्याभूति प्रदान गराईएको छ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम बीमा ऐन, २०४९, बीमा नियमावली २०४९ तथा अन्य प्रचलित कानूनको अधीनमा रही कम्पनीको मुख्य उद्देश्यहरु देहाय बमोजिम व्यवस्था गरिएको छ :-
क) बीमा ऐन र बीमा नियमावलीको अधिनमा रही जीवन बीमा व्यवसाय सञ्चालन गरी हरेक किसिमको जीवन बीमा सम्बन्धी सेवा उपलब्ध गराई देशको आर्थिक विकासमा सहयोग पुयाउने कम्पनीको मुख्य उद्देश्य रहेको छ।
ख)आजीवन जीवन बीमा, सावधिक जीवन बीमा र म्यादी जीवन बीमा सम्बन्धी कार्यहरु गर्ने गराउने ।
ग) प्रत्येक किसिमका जीवन तथा दुर्घटना सम्बन्धमा (पुरक करारको रुपमा मात्र) व्यक्ति विशेषमा ज्यानमा खतरा वा शरिरको कुनै विशेष भागमा भएको हुने हानी नोक्सानी शारिरीक वा मानसिक आघातको सम्बन्धमा बीमा गर्ने गराउने।
घ) कुने कम्पनी वा कम्पनीको कामदारको सम्बन्धमा कुनै कारवाहीमा हानी नोक्सानी, कामदारलाई हुने दुर्घटना कुनै कानून अन्तर्गत गर्नु पर्ने क्षतिपुर्ति, शारिरीक वा जीवनकै क्षति, हुलदंगाबाट हुने खतरा समेतको लागि पुरक करारको रुपमा मात्र बीमा गर्ने गराउने ।
ङ) बीमा सम्झौता गरे बापत प्राप्त भएको रकम विभिन्न क्षेत्रमा लगानी गर्ने, असुली गर्ने ।
च) सम्पत्तिको संरक्षणको लागि तथा बीमित व्यक्तिहरुको हित र सुविधाको लागि विभिन्न बीमा कम्पनीहरुसँग पुनर्बीमा गराउने ।

नोट : लगानी निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS