IME Life New

सिटिजन लाइफद्वारा बीमा बापतको दाबी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्सको साझेदारीमा स्व. रुपा परियारको परिवारले म्यादी जीवन बीमा बापत बीमा दाबी रकम पाएको छ । कम्पनीले नेपालगन्ज ४ बौद्ध मर्ग ५ क (२३) परिवारको निवासमा एक कार्यक्रम बिच केन्द्रिय प्रमुख भगवती भण्डारी र सिटिजन लाइफ इन्स्योरेन्स पश्चिम क्षेत्रका चिफ बिजनेस अफिसर धोज बहादुर खड्काको समन्वयमा परियारको श्रीमान रवि परियारलाई ४ लाख ८४ हजार ६ सय ४९ रुपैयाँ बीमा वापतको चेक हस्तान्तरण गरेको जनाएको छ ।

उनको परिवारले बीमाबाट ६ लाख ४३ हजार रकम पाउनु पर्ने भए पनि संस्थाबाट लिएको ऋण १ लाख ५८ हजार ३ सय ५१ कट्टा गरी उक्त रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । वित्तीय संस्थाको सदस्य रहेकी ३३ बर्षीय रुपा परियारको गत फाल्गुन ८ गतेको दिन नल्का चलाउने क्रम खसेर निधन भएको थियो । उनले २ वटा सामान्य र एउटा मौसमी गरी ३ वटा ऋण उपभोग गरेकी थिइन ।

Esewa
Crest

कार्यक्रममा बोल्दै खड्काले आफुहरुले बीमा दाबी बापतको रकमलाई समयमै हस्तान्तरण गर्दै आएकाले रकम बैशाखमै बीमा कम्पनीले जनउत्थानलाई हस्तान्तरण गरी सकेकोले कोभिडका कारण ढिलाई भएको बताएका छन् ।

उक्त रकम हन्तान्तरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल, मानव संसाधन प्रमुख इन्द्र बराली, आलेप प्रमुख बसन्त बच्भैया, क्षेत्रीय कार्यालय कोहलपुरका अनुगमन अधिकृत मधुकुँवर, शाखा पम्रुख रमेश सुनार, कर्मचारी आयुष न्यौपाने, सावित राम थारु, कृष्ण प्रसाद थारु, बिशाल शोव र जन उत्थानका अन्य प्रतिनिधि, परियारका आफन्त, पत्रकार लगाएत उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS