Connect IPS
IME Life

ग्लोबल आइएमई लघुवित्तको नाफा २८३% ले बढ्यो, अधिकांश सूचकमा प्रगति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले २२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा २८३ दशमलव ०९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले ५ करोड ९४ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२ दशमदव ५१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । यस अवधिमा सञ्चालन मुनाफा २४१ दशमलव १४ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष ११ करोड ६ लाख १० हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ३१ करोड ३२ लाख ९४ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३० दशमलव ४७ प्रतिशत बढेको । जगेडा कोष ३९० दशमलव ४३ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा ३४ करोड ५४ लाख ५५ हजार रुपैयाँ संचिती रहेको छ ।

यस अवधिमा कम्पनीले ३ अर्ब ४३ करोड ६३ लाख २४ हजार कर्जा सापटी लिएर ६ अर्ब १६ करोड २६ लाख २ हजार कर्जा लगानी गरेको छ । जुन अघिल्लो आथिृक वर्षको सोही अवधिको तुलनामा संस्थाको कर्जा लगानी ७७ दशमलव ४८ प्रतिशतले बढी हो । यस अवधिमा कम्पनीले २ अर्ब १३ करोड ८६ लाख ८१ हजार निक्षेप संलकन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२ दशमलव ३४ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षमा लघुवित्तको प्रतिशेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३४ रुपैयाँ ७७ पैसा रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात ५३.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ २ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS