IME Life
GBIME

मनकामना स्मार्ट लघुवित्तको आइपीओ नेप्सेमा सुचिकृत, कति पाउँछ ओपनिङ्ग रेञ्ज ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आइपीओ दोस्रो बजारमा सूचिकृत भएको छ । कम्पनीले आज आइतबार दोस्रो बजारमा कारोबारका लागि आइपीओ सूचिकृत सम्झौता गरेको हो । सम्झौतापत्रमा मनकामना स्मार्ट लघुवित्तको तर्फबाट अजय गोयन्का र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

उक्त आइपीओ भोलिबाट दोस्रो बजारमा खरिदविक्री हुनेछ । लघुवित्तको आईपीओ डिम्याट खातामा आइसकेको छ । कम्पनीलाई नेप्सेले ‘ MSLBSL सिम्बोल प्रदान गरेको छ ।

Crest

मनकामना स्मार्ट लघुवित्तको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता ११० रुपैयाँ ८४ पैसा र अधिकतम ३३२ रुपैयाँ ५२ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनु पर्छ ।

आइपीओ बाँडफाँडमा गोलाप्रभाबाट ३६ हजार ३४९ जनाले १०र१० कित्ता शेयर प्राप्त गरेका छन् । जसमध्ये दुई भाग्यशालीले थप एकरएक प्राप्त गरेका छन् । संस्थाले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । उक्त शेयरका लागि १९ लाख ५१ हजार ५२१ जनाले रितपुर्वक आवेदन दिएका थिए । रित पुर्वक आवेदन दिने मध्ये १९ लाख १५ हजारको हात खालि भएको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS