IME Life New

नबिल बैंक र डीभी एक्सिलसबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक र डी भी एक्सिलस (Kheti App)द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मशीनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तिय पहुँचको प्रदान गर्न सहकार्य गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डी भी एक्सिलसका निर्देशक देवेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तिय पहुँच प्रदान गर्न नबिल बैंक, एक प्रमुख बैंकको रुपमा अगाडी बढेको छ । यसैगरी, किसानहरूले डी भी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्च्तित्ताबाट लाभ लिन सक्नेछन् ।

Esewa
Crest

कार्यक्रममा नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने “नबिल बैंकले सदैब दिगो बैकिङलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु-याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राहस्र्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो ।” डी भी एक्सिलस सँगको यस सहकार्य द्वारा कृषकहरुको आवश्यकता अनुसार कृषि कर्जा प्रदान गरि उनीहरुको उत्पादन क्षमता वृद्धि गरि देशको आर्थिक विकासमा योगदान पुराउदै समाजमा स्वस्थ्य र स्वच्छ तथा अर्गानिक उत्पादनको पहुँच पुर्याउने अभियानमा सहकार्य गर्न पाउदा उत्साहित छौं।”

यस साझेदारीसँगै, नबिल बैंकले कृषि क्षेत्रमा प्राविधिक ज्ञानको साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरि कृषकलाई गुणात्मक कृषि सरसँधानको सहज उपलब्धता र सहज वित्तिय पहुँच मार्फत परम्परागत वित्तिय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको छ ।

आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम, ५ विश्तारित काउन्टरर १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS