काठमाडौं । नेप्सेमा लक्ष्मी इक्वीटी फण्डको इकाई मूल्य समायोजन भएको छ । फण्डले प्रस्ताव गरेको ३५ प्रतिशत नगद लाभांश प्रयोजनका लागि बुक क्लोज भएसँगै मूल्य समायोजन भएको हो । कोषको अन्तिम इकाई मूल्य १७ रूपैयाँ ४० पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १३ रूपैयाँ ९० पैसा कायम गरेको हो ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि करसमेत ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गत साउन ७ गते गरेको हो ।