IME Life New

एनआईसी एशिया लघुवित्तले दियो प्रदेश प्रमुख र उपप्रमुखलाई तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्तले काभ्रेको धुलिखेलमा प्रदेश प्रमुख, प्रदेश उप–प्रमुखहरुको सहभागितामा ट्रान्फरमेशन अफ ट्रान्सफरमेशन राइडर्स विषयका कार्यक्रम सम्पन्न गरेको छ । साउन ९ देखि ११ गतेसम्म भएको कार्यक्रममा विभिन्न शीर्षकमा तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।

संस्थाका कार्यकारी प्रमुख लक्ष्मण चालिसेले नयाँ आर्थिक बर्ष २०७८/०७९ को रणनीति, पञ्च वर्षीय योजना, व्यवसाय प्रवद्र्धन, क्षमता अभिबृद्धि, जोखिम व्यवस्थापन, डिजिटलाइजेसन, आन्तरिक लेखा परिक्षणका कैफियत सुधार, म्याद नाघेका कर्जा व्यवस्थापन, कानुनी व्यवस्था, मानब व्यवस्थापन तथा सम्पति व्यवस्थापन विषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै, सम्पूर्ण विभागिय प्रमुख लगायत अन्य सम्बन्धित कर्मचारीहरुले पनि प्रशिक्षण दिएको संस्थाले जनाएको छ ।

Esewa
Crest

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको, विपन्न तथा सीमान्तकृत वर्गका जनताहरुको आय—आर्जन, स्वरोजगार, जीवीकोपार्जन र सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने उदेश्य राखेका बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS