काठमाडौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन दिन सकिने व्यवस्था सुरु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details)गई साना तथा मझौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको हो ।
यस सुबिधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरिएको छ । यो सुविधा बैंकद्वारा जारी अभियान “नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता” अनुरूप रहेको बैंकले उल्लेख गरेको छ ।
हालसम्म् बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको मार्फत सेवा प्रवाह गरिरहेको छ ।