IME Life New

बैंकहरुको नाफा घट्ने, असल कर्जाको पनि १.३० प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पुर्ण बैंक तथा वित्तीय संस्थाको मुनाफामा प्रभाव पार्ने गरि कर्जा नोक्सानीको व्यवस्था थप गरेको छ । राष्ट्र बैंकले साधारण कर्जा नोक्सानीको व्यवस्था साविक भन्दा ०.३ प्रतिशत बढाउन निर्देशन दिएको हो । बैंकहरुले साधारण कर्जामा एक प्रतिशत प्रोभिजनिङ गर्दै आएका थिए ।

Esewa
Crest

अव गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन तयार पार्दा बैंकहरुले सम्पुर्ण असल कर्जाको पनि १.३ प्रतिशत प्रोभिजनिङ गर्नु पर्नेछ । यस व्यवस्थाले बैंकहरुको खराव कर्जा बढ्नेछ । खराव कर्जा बढ्ने वित्तीकै यसको प्रत्यक्ष असर मुनाफामा पर्नेछ ।

राष्ट्र बैंकले कोभिड १९ महामारीको कारणले बैंकिङ सम्पत्तीको गुणस्तरमा परेको प्रभावलाई दृष्टिगत गरी समग्र वित्तीय स्थायित्व प्रवर्धन गर्न असल वर्गमा वर्गिकरण भएका कर्जाको हकमा बैंक तथा वित्तीय स्थालाई आर्थिक वर्ष २०७७/७८ कै वार्षिक वित्तीय विवरणमा साधारण कर्जा नोक्सानीको व्यवस्था एक प्रतिशतको अतिरिक्त ०.३ प्रतिशत थप गरि कुल १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कामम गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS