IME Life New

नेपाल लाइफको नयाँ बाल बीमा योजना : ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बाल बीमा योजना ल्याएको छ । कम्पनीले प्रचलनमा रहेको केटाकेटी जीवन बीमा योजना ‘प्लान ५१’ स्वत बन्द हुने गरि  ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना’ सार्वजनिक गरेको हो । बीमा समितिले बालबालिका बीमा योजनाका लागि व्यवस्था गरेको नयाँ प्रावधान अनुसार यो योजना ल्याइएको हो । केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको सफलता पश्चात कम्पनीले साउन ६ गतेदेखि लागु हुने गरि यो योजना ल्याएको हो ।

समितिको पछिल्लो निर्देशन र बालबालिका बीमालेखमा देखिएको विकृतिलाई मध्य नजर गर्दै कम्पनीले यो बीमा योजना ल्याएको हो । यस बीमालेखमा एक वर्षदेखि ७ वर्षसम्म उमेर भएको बीमितको बीमा प्रारम्भ मितिबाट दुई वर्ष पुरा भए पश्चात वा ७ वर्ष उमेर पुरा भएपछि (जुन पछि आउछ) बीमालेखको पहिलो वार्षिकोत्सव मितिदेखि र बीमितको उमेर ८/९ वर्षभएमा उनिहरुको उमेर १० वर्ष पुरा भएपछि र बीमितको उमेर १०/११ वर्षभएमा उनिहरुको बीमाको वार्षिकोत्सव मितिदेखि मात्रै बीमालेख अन्तर्गत बीमितको मृत्यु जोखिम प्रारम्भ हुनेछ ।

Esewa
Crest

बीमा जोखिम प्रारम्भ पछि बीमितको मृत्यु भएमा तत्काल बीमाङ्क रकमको २५ प्रतिशत रकम प्रस्तावकलाई भुक्तानी दिने र बाँकी ७५ प्रतिशत बीमाङ्क र मृत्यु हुँदासम्मको आर्जित बोनस रकम व्याज सहित एकमुष्ठ बीमा अवधि समाप्ती भएपछि प्रस्तावकलाई भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

विशेषताहरु

यो बीमा योजना खरिद गर्नेले मुनाफामा सरिक हुन पाउछ । एक वर्षदेखि १७ वर्षसम्मका केटाकेटीको बीमा गर्न सकिनेछ । बीमा योजना खरिद गरेको एक वर्षदेखि जोखिम बहनको सुविधा लिन पाइनेछ । उमेरका आधारमा न्युनतम ५ वर्षदेखि अधिकतम ३० वर्ष अवधिसम्मको लागि यो योजना खरिद गर्न सकिनेछ ।

अधिकतम ३० वर्ष अवधिको र उमेर पनि १६/१७ वर्षको हुँदा बीमितको अधिकतम समाप्ति उमेर ४७ वर्ष भन्दा माथिको हुने छैन । बीमितले वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा बीमा शुल्क भुक्तानी गर्ने सुविधा रहेको छ । यदि बीमितले वार्षिक बीमा शुल्क भुक्तानी गरेमा एक प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको छ । त्यस्तै अर्धवार्षिक रुपमा बीमा शुल्क भुक्तानी गर्दा कुनै पनि छुट पाइने छैन । तर त्रैमासिक रुपमा बीमा शुल्क भुक्तानी गर्दा थप ३ प्रतिशत र मासिक रुपमा भुक्तानी गर्दा ६ प्रतिशत तिर्नु पर्ने व्यवस्था छ ।

यदि बीमितले विचमा पोलिसीलाई निरन्तरता दिन नचाहेमा वार्षिक तीन किस्ता बीमाशुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ मितिबाट तीन वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिने सुविधा रहेको छ । त्यस्तै समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

ऐच्छिक सुविधाहरु :

यस बीमा योजना अन्तर्गत अतिरिक्त बीमाशुल्क तिरी बीमाशुल्क छुट सुविधा लिन सकिनेछ । यो योजना १८ वर्षसम्मको उमेर समुहका केटाकेटीले मात्र लिन सक्नेछन् । यस्तो सुविधा उपभोगको लागि बीमालेख प्रारम्भ भएपछि बीमा प्रस्तावकको मृत्यु भएमा वा बीमालेख साथ संलग्न अनुसूचीमा उल्लेख भए बमोजिम दुर्घटनाको कारणबाट अशक्त तथा अपाङ्ग भएमा बाँकी बीमा अवधिको लागि बीमालेख अन्तर्गतको बीमाशुल्क भुक्तानी छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

यदि यो बीमालेख प्रारम्भ भएपछि प्रस्तावकको मृत्यु भएमा मृत्यु भएको अर्को महिनादेखि मासिक आय सुविधा बीमकको एक एक प्रतिशत रकम मासिक रुपमा केटाकेटी १८ वर्ष नपुगुन्जेल वा बीमा अवधि समाप्तिसम्म जुन अगाडि घट्छ सो मितिसम्म कम्पनीले उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS